हुम्लामा प्रतिनिधिसभा सदस्यमा छक्कबहादुर लामा विजयी:माओवादीले अब के गर्छ ?

हुम्लामा प्रतिनिधिसभा सदस्यमा छक्कबहादुर लामा विजयी:माओवादीले अब के गर्छ ?

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

हुम्ला, २२ मंसिर ।  

हुम्लामा प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवारी दिनुभएक माओवादी केन्द्रका छक्कबहादुर लामा विजयी हुनुभएको छ ।

लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गर्नु भएको छ ।

माओवादी केन्द्रका आधिकारिक उम्मेदवार छिमी दोर्जे लामा तेस्रो हुनुभएके छ ।

बागी उम्मेदवारी दिएको भन्दै माकेले लामालाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको थियो ।

यस्तै, प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गर्नुभयो । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ