डडेल्धुरा मंसिर २२ ।
डडेल्धुराको भित्रि मधेसमा पर्ने परशुराम नगरपालिकाको मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम बिस्फोट भएको छ ।
मतपेटिका सदरमुकाम लैजाने क्रममा बाटोमा बिस्फोट भएको हो । बिस्फोटबा कुनै क्षती भने नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीका अनुसार जोगबुढा–बुढर सडक खण्डको कैनपानी भन्ने स्थानमा अज्ञात समुहले राखेको बम बिस्फोट भएको हो ।
बिहान साढे ८ बजेको समयमा बम बिस्फोट भएको हो । मत पेटिका बोकेर आएका गाडी पुग्नुअघि नै बम बिस्फोट भएको प्रहरीले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline