मकवानपुर, २२ मंसिर ।
मकवानपुरको भीमफेदीमा म्यादी प्रहरी बोकेको ट्रिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रिपर दुर्घटनामा चालक ५० वर्षीय शेरबहादुर गोपाली र म्यादी प्रहरीहरु सविना बर्तौला र लक्ष्मी स्थापितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भीमफेदी गाउँपालिका वडा नं ९ चुनियाँ डाँडाबाट टिप्पर करिब दुई सय मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् ।
मकवानपुरको पालुङबाट हेटौँडा आइरहेको ना ३ ख ५९१८ नंबरको टिप्पर दुर्घटनामा परेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline