२२ मंसिर,चितवन । जिल्लामा मत गणना सुरु हुँदैछ । सबैको साँचो बनेको चितवन क्षेत्र नम्बर ३ को मत गणना पनि केहीबेरमा सुरु हुँदैछ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेबीचको प्रतिस्पर्धाले सबैको ध्यान यही क्षेत्रमा तानेको छ ।
चुनाव अन्तिम प्रचार प्रसारको बेलासम्म दुबै पक्षले जित भइसकेको दाबी गरेका थिए । दोस्रो संविधान सभा निर्वाचनमा पाण्डले ठूलो अन्तरले जितेका थिए । त्यति बेला प्रचण्ड काठमाडौं र मधेसबाट चुनाव लडेका थिए ।
सबै तयारी पूरा गरेर मत गणना सुरु गरेकाले छिट्टै पहिलो परिणाम अाउने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline