२२ मंसिर,काठमाडौं । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्र जंग पीटरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र जनयुद्धबारे दिएका पछिल्ला अभिव्यक्तिबारे माओवादी केन्द्रका नेताहरु नअाउनु दुःखको कुरा भएको बताएका छन् ।
पत्रकार पीटरले चुनावको मत गणना सुरु हुनै लाग्दा सामाजिक संजालमा ओलीले निर्वाचनको मुखमा दिएको अभिव्यक्ति र सोँच सम्भावित एमाले-माकेको एकताको बाधक हुने टिप्पणी गरेका छन् । उनले ओलीका अभिव्यक्तिबारे माओवादी केन्द्रका धारणा अाउनु पर्ने अाशय व्यक्त गरेका छन् । उनले ओलीको उक्त अभिव्यक्तिले चुनावमा थोरबहुत असर पारेको समेत बताएका छन् ।
“श्रीमान् खड्गप्रसाद ओलीले ‘हामी कम्युनिस्ट थिएनौं र होइनौं, माओवादी जनयुद्ध जनयुद्धनै थिएन’ भनेर गरेको टिप्पणीले चुनावलाई समेत केही असर पुर्यायो । यथोचित जवाफ नेपाली कम्युनिस्ट र माओवादी नेतृत्वपंक्तिबाट नआउँनु अन्त्यन्तै दुःखको कुरा रह्यो भने यही सोँच नै माओवादी र एमालेबीच पार्टी एकताको बाधक पनि बन्नेछ । सरकार त सबैले सबैसँग मिलिजुली बनाएकै हुन्” माओवादी केन्द्रको पूर्व केन्द्रीय सल्लाहकार समेत रहेका पत्रकार पीटरले लखेका छन् ।