काठमाडौँमा शनिबारदेखि महाभेला शुरु हुने

काठमाडौँमा शनिबारदेखि महाभेला शुरु हुने

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, २२ मंसिर ।

नवौँ मानव अधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाडौँमा शुरु हुने भएको छ ।

यही मंसिर २५ गतेसम्म डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेलाको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । आगामी सोमबार सम्पन्न हुने सो भेलामा उपराष्ट्रपति नन्दबहादुर पुनको पनि सहभागिता रहनेछ ।

उक्त कार्यक्रमको ‘विकास र समृद्धिको आधार ः महिला र युवाको समान अवसर’ भन्ने नारा तय गरिएको छ ।

उनान्सत्तरिऔँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर गर्न लागिएको उक्त महाभेला यस वर्ष न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, संकल्प र युथ एडभोकेसी नेपालको संयोजकत्वमा हुन लागेको हो ।

तीनदिनसम्म सञ्चालन हुने उक्त भेलाले मानव अधिकार दिवसको सन्दर्भमा हुने प्रभातफेरीमा सहभागिता जनाउनेछ ।

मुलुकमा मानव अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिबीच छलफल हुनेछ । देशमा मानव अधिकारको अवस्था कस्तो छ, नयाँ संरचनाअनुसार आगामी दिनमा त्यसलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सहभागीले धारणा राख्ने कार्यक्रम छ ।

महाभेलाका राष्ट्रिय संयोजक लिली थापाले संविधानमा सबैका अधिकारलाई सुनिश्चित गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेकाले युवा तथा महिलाको अधिकार प्राप्तिमा समस्या देखिएको बताउनुभयो । मुलुकमा परिवर्तन भएको राजनीतिक प्रणालीले समयसापेक्ष मानव अधिकारका क्षेत्रलाई सबै नागरिकको पहुँचमा पु¥याउनका लागिसमेत छलफल गरिनेछ ।

कुपण्डोलस्थित शान्ति, न्याय र लोकतन्त्रका लागि महिला सञ्जालले महाभेलाको सचिवालयका रुपमा कार्य गरिरहेको छ । राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिले विगत आठ वर्षदेखि संयुक्त रूपमा महाभेलाको आयोजना गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ