एकाबिहानै दोलखामा भूकम्पको धक्का , केहीबेर मतगणना नै स्थगित

एकाबिहानै दोलखामा भूकम्पको धक्का , केहीबेर मतगणना नै स्थगित

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

दोलखा, मंसिर २२ । दोलखामा शुक्रबार बिहान भूकम्प गएको छ । सेबजालो नजिकै केन्द्रबिन्दु बनाएर बिहान ८ः३६ को समयमा भूकम्प गएको हो । ५.२ म्याग्निच्यूडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

निर्वाचनको मतगणनातर्फ सबैको ध्यान केन्द्रीत भइरहेको समयमा भूकम्पको धक्का गएलगत्तै दोलखामा केहीबेर मतगणनासमेत रोकिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले अढाइ वर्ष अघि गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पकै पराकम्पको शृंखलास्वरुप शुक्रबार दोलखामा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ