अर्को पार्टीलाई मतदान गरेको आरोपमा कुटपिट: एक महिलासहित तीन घाइते,सेनाको हेलिकप्टरले उद्दार

अर्को पार्टीलाई मतदान गरेको आरोपमा कुटपिट: एक महिलासहित तीन घाइते,सेनाको हेलिकप्टरले उद्दार

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

अछाम ,२१ मंसिर।

अछामको पायलस्थित बैझनाथ मावि मतदान केन्द्रमा वाम गठबन्धनका कार्यकर्ताको कुटपिटबाट एक महिलासहित तीन घाइते भएका छन्।

स्थानीय एक युवकले फरक पाटीमा मतदान गरेको भन्दै बाहिर ल्याएर वाम गठबन्धनका कार्यकर्ताले कुटपिट गर्न थालेपछि छुट्याउन गएका धन कुँवर र डम्बर खत्री घाइते भएका छन्।

आफ्नो श्रीमानलाई छुट्याउन गएकी धना २३ वर्षीय धना कुँवरमाथि पनि कुटपिट भएको छ। धना धनकी श्रीमती हुन। धनाको संवेदनशील अंगबाट बग्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी बयलपाटा अस्पताल पुर्याइएको छ।

यस्तै वाम घठबन्धनका कार्यकर्ताको कुटाईबाट साफेबगर नगरपालिका १० घुघुरकोटका ४९ वर्षीय तेजबहादुर बडासहित घाइते भएका छन्। उनको नाकमा तीन वटा टाका लागेका छन्।

यस्तै वामँ गठबन्धनका कार्यकर्ताको कुटाइबाट मेल्लेख गाउपालिका ७ नन्देगडामा भीमबहादुर साउदको आँखामा चोट लागेको छ। जिल्लाका केही ठाउँमा वाम गठबन्दनका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि बिहानैदेखि कुटपिट गर्न थालेका हुन्।(अन्नपूर्ण पाेष्टबाट)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ