‘बम विस्फोट’का घटनाको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छैनः पुन

‘बम विस्फोट’का घटनाको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छैनः पुन

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

२१ मंसिर,काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले संचारमाध्यममा चुनावको क्रममा भएका बम विस्फोटको जिम्मा लिएको भन्दै आएको समाचार भ्रमपूर्ण रहेको बताउनु भएको छ ।

नेता पुनले पार्टीको आधिकारिक कुरा महासचिव विप्लवबाटै आउँने भन्दै एक अनलाईनसँग सामान्य अनौपचारिक रुपमा मात्रै कुरा भएको तर बिस्फोटको जिम्मा लिएको भनेर आफुलाई जोडि समाचार आएकोप्रति आप्पती जनाउनु भएको छ ।

कुराकानीको क्रममा पार्टीले चुनाव खारेज अभियानको नेतृत्व गरेको र त्यसबारे पार्टीले आधिकारिक भनाई सार्वजनिक गर्ने बताएको तर आफ्नो र पार्टीबारे जनतामा भ्रम फैलाउने नियतका साथ समाचार आएको नेता पुनले बताउनु भयो ।

नेता पुनले मिर्मिरे अनलाईनसँग कुरा गर्दै भन्नुभयो “मैले जिम्मा लिएको भनेर जसरी कुरा आएको छ, त्यो होइन । मेरो बद्नाम गर्ने उद्देश्यले समाचार आएको छ, यसप्रति मेरो ध्यानाकर्षण भएको छ”

उहाँले आफूले कुनै पनि कुराको जिम्मा नलिएको समेत बताउनु भयो ।
नेता पुनले जनतामा भ्रम पर्ने गरी समाचार लेखिएको भन्दै यसबारे प्रेस विज्ञप्तिमार्फत खण्डन लेख्दै गरेको जानकारी समेत दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ