२१ मंसिर,अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ५ को मथुरा माविको ‘ख’ केन्द्रमा निर्वाचन अधिकृतले नै धाँदली गर्न खोजेको भन्दै मतदाताले नै मतपेटिका फुटाएका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ५ मथुरा माविमा मतदान केन्द्रका अधिकृत सुरेन्द्र अधिकारीले धाँदली गर्न खोजेको भन्दै स्थानीयले मतपेटिका फुटाएका हुन् ।
स्थानीयका अनुसार अधिकृत अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र बाँडेका थिए । त्यो थाहा पाएपछि विवाद सुरु भएको थियो । मतदान स्थगित भएको छ ।
आक्रोसित मतदाताले मतपेटिका फुटाएर फाल्दा सुरक्षाकर्मीले तालि पिटेको एक मतदाताले जानकारी दिए । निर्वाचन अधिकृत अधिकारीले बद्मासी गरेको कुरा सुरक्षाकर्मीले थाहा पाएको बताइएको छ ।
थप विवरण आउँन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline