भक्तपुरमा एमाले–कांग्रेस झडपः दुई जना घाइते , दुबै पक्ष आरोप प्रत्यारोपमा

भक्तपुरमा एमाले–कांग्रेस झडपः दुई जना घाइते , दुबै पक्ष आरोप प्रत्यारोपमा

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

२१ मंसिर, काठमाडौं ।
भक्तपुरमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड हुँदा दुई जना घाईते भएका छन् । बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा मतदाता परिचय पत्रका बिषयमा बिबाद हुँदा झडप भएको हो ।

झपडका क्रममा दुई पक्षका कार्यकर्ताबीच कुटाकुट भएको थियो भने मतदान सामाग्रिमा तोडफोड समेत भएको छ

घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेत रहेका छन् भने अर्का व्यक्तिको परिचय खल्न नसकेको प्रहरीले जानकारी दिएको छ । घाईते दुवैको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मतदान का क्रममा कांग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरुको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप रहेको छ । भने कांग्रेस नेताले आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको बताएका छन् ।

झडप भएको भक्तपुर क्षेत्र नं. २ बाट एमाले उम्मेदवार महेश बस्नेतले कांग्रेसले बुथ कब्जा गर्न खोज्दा एमाले कार्यकर्ताले प्रतिवाद गरेको दाबी गर्नुभएको छ ।
कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले भने कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ