मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्ण कर्माचार्य उठेनन्

मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्ण कर्माचार्य उठेनन्

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काभ्रे, मंसिर २१ ।

काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ ।

बिहान मतदान केन्द्र पुग्नुभएका उहाँ बेहोस भएर ढल्नुभएको थियो । बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्र लैजानुभएको थियो ।

सुरक्षा चेकजाँच सकेर भित्र पस्नुभएका कर्माचार्यले हरियो मत्र समेत लिनुभएको थियो । तर उहाँ छाप लगाउनु नपाउँदै ढल्नुभएको छोरा रामगोपालले बताउनुभयो । उहाँले स्थानीय तहको चुनावमा भोट खसाल्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ