निर्वाचन कार्यायलमा बम, कर्मचारीको भागाभाग

निर्वाचन कार्यायलमा बम, कर्मचारीको भागाभाग

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२१ मंसिर,अछाम । विहान सात बजेबाट बमका आवाजसँगै मतदान सुरु भएको छ । सबैको ध्यान मतदान केन्द्रमै छ । मतदाताले मतदान गरिरहेका छन् भने मतदान केन्द्र आसपासमा बम विस्फोट भइरहेका घटना सार्वजनिक भइरहेका छन् । तर, अछाममा भने निर्वाचन कार्यालयमै बम भेटिएको छ ।

जिल्ला सदरमुकाम मंगलसेनस्थित जिल्ला निर्वाचन कार्यालयमा बुधबार विहान बम भेटिएको थियो । बमसँगै कर्मचारी आतंकित हुनुको साथै भागदौड मच्चिएको थियो ।

सुरक्षाकर्मीको टोलीले बमलाई निष्कृय पारेको थियो । यसैबीच नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मतदान गर्ने भागेश्वर मतदान केन्द्रमा भेटिएको टाइम सेनाको टोलीले निष्कृय पारेको बताइएको छ ।

त्यसैगरी अछामको क्षेत्र नम्बर २ को विनयाकमा पनि बम विस्फोट भएको जानकारी प्राप्त भएको छ । विनायक नगरपालिकाको मतदान केन्द्रबाट केही टाढा विस्फोटको अावाज सुनिएको स्थानीयले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ