ललितपुरका ५ मतदान केन्द्रमा बम बिस्फोट , प्याङगाँउ मतदान केन्द्रमा बम भेटियो

ललितपुरका ५ मतदान केन्द्रमा बम बिस्फोट , प्याङगाँउ मतदान केन्द्रमा बम भेटियो

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

ललितपुर , २१ मंसिर ।
ललितपुर महानगरपालीकाको बिभिन्न मतदान केन्द्रमा आज बम बिस्फोट भएको छ ।

ललितपुर वडा नम्बर १४ फुलचोकि मतदान केन्द्रमा शक्तिशाली बम बिस्फोट भएको छ । मतदाताहरु भोट हाल्न लाईनमा बसिरहेको अवस्थामा बम पड्किएपछि केहिबेर भागदौड मच्चीएको थियो ।

यस्तै महालक्षी नगरपालीका ६ तरननी मतदान केन्द्रमा पनि बिस्फोट भएको छ भने ललितपुरकै गोदावारी नगरपालीका गोदामचौर मतदान केन्द्रमा पनि बिस्फोट भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ललितपुरको बागमति गाउपालिका ६ आस्राङ स्थीत कालिदेबि मा.बि मतदान केन्द्र र बागमती गाउपालिका वडा नम्बर ७ गाँउसेबेसी मतदान केन्द्रमा आज बिहान बम बिस्फोट भएको छ ।

बम कस्ले र किन बिस्फोट गरायो भन्नेबारे जानकारी हुन नसकेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै ललितपुरकै चापागाँउ स्थित प्याङगाँउ मतदान केन्द्रमा बम फेला परेको छ । उक्त बम सेनाको बम डिस्पाजल टोलीले निश्कृय पारेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ