धरान, २१ मंसिर ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १६ स्थित चन्द्र संस्कृत मतदान केन्द्रमा बम बिस्फोट भएके छ ।
एक्कासि ठुलो आवाजमा बम पड्किएपछि भोट हाल्न लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन् ।
अचानक बम पड्कीएको सुनेको जानकारी दिदैँ प्रत्यक्षदर्शीले कसले पड्काइएको कसैलाई थाहाँ नभएको बताए ।
उत्तरपट्टि रहेको आन्तरिक राजश्व कार्यलबाट बम फालिएको हुनसक्ने अनुमान प्रहरीको छ । बम मतदान केन्द्रको पर्खालमा पड्किएको थियो।
एकछिन अवरुद्ध भएको मतदान अहिले फेरि सुरु भएको प्रहरीले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline