जन्मदिन मनाएर गरे प्रेमिकाको हत्या

जन्मदिन मनाएर गरे प्रेमिकाको हत्या

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, मंसिर २१ । धरानको भानु चोक नजिकै परेली होटल एन्ड लजमा वेटर काम गर्दै आएकी भावना मगरको बुधबार बिहान हत्या भएको छ ।

मंगलबार धरान–८, भोटेपुलका प्रेमी प्रदीप शंकरसँग जन्मदिन मनाएर होटलको ‘स्टाफ रुम’मा बसेकी भावनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो । उदयपुर बेलका नगरपालिकास्थित रामपुर ठोक्सिला घर भएकी २४ वर्षीया भावना दुई वर्षदेखि होटलमा काम गर्दै आएकी थिइन् ।

जन्मदिन मनाउन मंगलबार भावना प्रेमीसँगै बगरकोट गएको र राति होटेलमा फर्किएका उनीहरुबीच बिहान ४ बजेसम्म झगडा भइरहेको अर्की कामदार आशा राईले सुनाइन् ।
प्रेमीले उनको हत्या गरी शव पंखामा झुण्ड्याएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

भावनाको हत्यामा संलग्न अभियुक्त शंकरलाई पक्राउ गरिसकिएको डीएसपी रामेश्वर पौडेलले जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ