७ महिने गभर्वतीसहित ८ जना कलाकार गीरफ्तार

७ महिने गभर्वतीसहित ८ जना कलाकार गीरफ्तार

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

२० मंसिर ,ललितपुर ।

दोस्रो चरणको प्रतिनिधसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा बुधवार साझ प्रहरीले काठमाडौँबाट ७ महिने गर्भवतीसहित ८ जना कलाकारहरुलाई गिरफ्तार गरेको छ ।

ललितपुरको बाडेगाउँस्थित आफ्नै कोठाबाट खाना खाएर सुतिएरहेकी सामना जनसास्कृतिक परिवारमा कार्यरत ७ महिने गर्भवती प्रमिला तामाङलाई प्रहरीले गिरफ्तार गरेको हो । अस्वस्थ रहेकाले अाजै मात्र अस्पताल पुगेर फर्कएकी उनलाइ अाफ्नै डेरामा बसिरहेकाे अवस्थामा जबरजस्ती उठाएर लगेकाे परिवारले जनाएकाे छ ।

न्युनतम मानवाधिकारको समेत ख्याल नगरी प्रहरीले लछारपछार गर्दै प्रमिलालाई गिरफ्तार गरेको भन्दै उनकाे परिवारले प्रमिलाकाे जीवन सुरक्षाीत गरिदिन सबैलाइ अाग्रह गरेका छन् ।

त्यस्तै बुधबार राती नै लाजिम्पाटस्थित आफ्नै निवासमा बसिरहेका सामना परिवारकै अन्य ७ जना कलाकारहरुलाई पनी गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका उनीहरुको अबस्था अज्ञात राखिएकोले बेपत्ता प्रहरीले बेपत्ता पार्नसक्ने भन्दै उनका उनीहरुका आफन्तले अबस्थाबारे खोजबिन गरिदिन मानव अधिकारकर्मी र सञ्चार जगतलाई आग्रह गरेका छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारले मिर्वाचन वरिपरी पत्रकार र जनकलाकारमाथि ब्यापक धरपकड गरेको छ । निर्वाचन नजिकिदै जाँदा नेकपालाई समर्थन गरेकै कारण प्रहरीले आम नागरिकलाई समेत दुख दिन थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ