काठमाण्डौ , २० मंसिर ।
सर्वोच्च अदालतले देशभरबाट पक्राउ परेका ८ जना पत्रकारलाई रिहाई गर्न माग गर्दै दायर गरीएको रिटमाथि कारण देखाउ आदेश जारी गरेको छ ।
आज बसेको प्रधानन्याधिस गोपाल पराजुलीको एकल ईजलासले तीन दिन भित्र पत्रकारलाई गिरफ्तार गर्नुको कारणबारे लिखित जवाफ पठाउन आदेश दिएको हो ।
नेपाल पत्रकार महासंघका तर्फवाट केन्दि«य सदस्य जन्मदेव जैसिले सोमवार र मंगलवार छुट्टा छुट्टै ४ वटा रीट दाएर गर्नुभएको थियो । जसमाथि प्रधानन्याधिस पराजुलीको ईजलासले आज सरकार सहित बिपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
बुटवलमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला कार्य कार्यसमिति सदस्य समेत रहेका क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य प्रकाश डुम्रे, प्यूठान भिजन मासिक पत्रिकाका पदमप्रसाद पोखरेल र जायश्वर आचार्य,
कालिकोटबाट प्रकाशित हुने जनप्रभात साप्ताहिक पत्रिकाका सम्पादक कालिबहादुर महतारा र सहसम्पादक जगदिशनाथ योगी लाई रिहाई गर्न माग गर्दै मंगलवार तीन वटा रिट दाएर गर्नुभएको थियो ।
यस्तै आजै सर्वाेच्चले काठमाण्डौबाट गिरफ्तारमा परेका जलजला मासिकका सम्पादक खेम थपलिया, निहीगु ज्वज्वलोप्पा नेवारी पत्रिकाका सम्पादक जितेन्द्र महर्जन र मध्याह्न दैनिकका संवाददाता दिपेशी शाहीका लाई पक्राउ गर्नुको कारण सहित २४ घण्टा भित्र अदालतमा उपस्थित हुन सर्वाेच्चले आदेश गरेको थियो । उनीहरुको रिहाईको माग गर्दै गत सोमबार जैसिले नै अदालतमा बन्दी प्रत्यक्षिकरण सम्बन्धी मुद्धा दायर गर्नुभएको थियो ।
रिटमा प्रधानमन्त्रि,मन्त्रिपरिषदको कार्यालय,गृहमन्त्रालय ,प्रहरी प्रधान कार्यालय र सम्वन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई विपक्षि वनाईएको छ ।