वीरगन्ज, मंसिर २० ।
दोस्रो चरणको निर्वाचनको मुखैमा वीरगन्जमा नगद र नमुना मतपत्रसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन ।
निर्वाचनलाई लक्षित गरी भएको चेकजाँचका क्रममा पर्सा क्षेत्र नं. ३ को पोखरियास्थित पेट्रोल पम्प नजिकैबाट एमालेकोे स्वास्तिक छाप लागेको २ हजार नमूना मतपत्रसहित तीन जना पकाउ परेका हुन् ।
पक्राउ पर्नेमा बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका प्रत्यक्षका प्रतिस्पर्धी राजकुमार गुप्ताका कार्यकर्ता अशोक रौनियार, फूलकौलका बासु प्रसाद र वृजेश पटेल रहेको प्रहरीले जानकारी दिएको छ । ।
ना १ ह ९३३२ नम्बरको अटोमा पोखरिया आईरहेका उनीहरुको साथबाट ३ लाख नगद र एमालेको नमूना मतपत्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline