अपडेटः प्रहरीलाई स्कूलभित्रै थुनेर स्थानीयले यसरी जलाए मतपेटिका

अपडेटः प्रहरीलाई स्कूलभित्रै थुनेर स्थानीयले यसरी जलाए मतपेटिका

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

२० मंसिर,सुर्खेत । जिल्लाको एउटा मतादन केन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई स्कूलभित्रै थुनेर स्थानीयले मतपेटिका जलाएका छन् ।

सुर्खेतको बराह गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भेरी मावि तरङ्गा मतदान केन्द्रका मतपेटिका कब्जा गरेर स्थानीयले जलाएका बताइएको छ । मंगलबार राति ११ बजेतिर मतदान अधिकृतसहित २१ जनाको टोलीलाई स्थानीयवासीले आफ्नो कब्जामा लिएका थिए ।

मतदान केन्द्रको सुरक्षार्थ खटिएका म्यादीसहित १६ जना प्रहरीलाई स्कूलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट ताला लगाईदिएका थिए भने अधिकृतसहित ५ जनाको सरकारी टोलीलाई आफ्नो नियन्त्रणमा लिएको स्थानीय बिकास बिकले बताए । मतपेटिका कब्जा गरेर जलाईसकेपछि नियन्त्रणमा लिइएका अधिकृतसहितको टोली र प्रहरीहरुलाई छोडिदिएको बिकले जानकारी दिए ।

मतपेटिका जलेसँगै त्यो क्षेत्रमा व्यापक सुर‍क्षाकर्मी परिचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ