२० मंसिर,बिरगंज । चुनाव अाउन केही घण्टामात्रै बाँकी रहँदा पनि नेता र उम्मेदवारको घरमा बम विस्फोट हुने क्रम रोकिएको छैन ।
यसैबीच नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार रामचन्द्र साहको घर अगाडी सुतली बम विस्फोट भएको छ ।
पर्सा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभाको ‘क’का उम्मेदवार साहको बिरगंज महानगरपालिका–१० रानीघाटस्थित साहको घरलाई लक्षीत गरी बम बिस्फोट भएको पर्सा प्रहरीले बताएको छ । एमालेका केन्द्रीय सदस्य समेत रहेको पर्सा संयोजक समेत हुन् ।
बम बिष्फोटबाट साहको घरको झ्यालको सिसा फुटेको छ । मानवीय क्षती भने नभएको प्रहरी ले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline