ललितपुरको टिकाभैरब मतदान केन्द्रमा बम बिस्फोट , अन्य तीन स्थानमा बम फेला

ललितपुरको टिकाभैरब मतदान केन्द्रमा बम बिस्फोट , अन्य तीन स्थानमा बम फेला

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

ललितपुर २० मंसिर ।
ललितपुर महानगरपालीका भित्रका बिभिन्न स्थानमा बम फेला पर्नुका साथै बम बिस्फोट भएको छ ।

आज ललितपुरको लेले टिकाभैरब मतदान केन्द्रमा बम बिस्फोट भएको छ । ठुलो आवाजमा बिहान ५ बजे तीर बम बिस्फोट भएपछि स्थानीय त्रसित बनेका थिए ।बिस्फोटबाट कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

यस्तै ललितपुरकै गोदावारी नगरपालीका ११ , बज्रबाराहि मतदान केन्द्रमा बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरेको थियो ।

गोदावारीकै टौखेल र झरुवारासिमा पनि आजै बम फेला परेको जनाईएको छ । बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै आएको सेनाको डिस्पोजल टोलीले बम निस्कृय पारेको जनाईएको छ ।

अहिले सो क्षेत्रहरुमा ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षा ब्यावस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

बम कस्ले र किन राख्यो भन्नेबारे जानकारी हुन नसकेको र अनुसन्धिान भईरहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ