गौशाला , २० मंसिर ।
फोरमका कार्यकर्ताले पिसाब फेरेको निहुँमा वाम गठबन्धनका कार्यकर्ता कुटेका छन् ।
महोत्तरीको गौशालामा गएराति राजपा फोरमका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्ताहरुमाथि आक्रमण गरेका छन्। आक्रमणमा परि गौशाला नगरपालिका मेयर शिवनाथ महतोका भतिजा प्रमोद कुमार महतो गम्भीर घाइते भएको जिल्ल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले जानकारी दिए ।
प्रमोदको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ। गौशालाको जमुनियाँ गाउँबाटै संघीय समाजवादी फोरमको तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उमेदवार लक्ष्मी महतोका कार्यकर्ता र वाम गठबन्धनका कार्यकर्ताबीच मतभेद बढेको थियो। गएराति १२ बजे गौशाला बजारमा दुवै पक्ष आमनेसाम्ने भएका थिए ।
गौशाला नगरपालिका मेयरका भतिजा प्रमोदले उम्मेदवार महतोको भतिजो सचिव महतोलाई देखाएर पिसाब फिरेको नियुँबाट भनाभन सुरु भएको थियो। त्यसपछि सुरु भएको भनाभनले दोहोरो झडपको रुप लिएको इलाका प्रहरी कार्यालय गौशालका इन्स्पेकटर भोला भट्टले बताए ।
घटनाको बाम गठबन्धनले घोर भत्र्सना गरेको छ।बाम गठबन्धने गौशालामा अहिले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी गराउने भएको छ ।शिवनाथ महतो माओवादी केन्द्रबाट उमेदवारी दिएर गौशाला नगरपालिको मेयरमा चुनाव जितेका हुन् ।