काठमाडौं मंसिर २० ।
भोली हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्यको दोस्रो चरणको निर्वाचनको पर्यवेक्षको लागि जापानका उपविदेशमन्त्री इवाओ होरी आज काठमाडौं आउँदै हुनुहुन्छ ।
उपविदेशमन्त्री होरी ५ सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै निर्वाचन पर्यवेक्षणका लागि आज काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपविदेशमन्त्री होरीले राष्टपति विद्यादेवि भण्डारी, प्रमुख निर्वाचन आयुक्त डा अयोधि प्रसाद यादव, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लाई भेट्ने कार्यक्रम छ ।
उहाँ नेतृत्वको टोलीले काठमाडौं भक्तपुर र ललितपुरका मतदान स्थलको पर्यवेक्षण गर्नु हुने छ । निर्वाचन पर्यवेक्षण गर्न आउनु भएको होरीले नेपाल बसाइका क्रममा अन्य कुनै पनि औपचारिक राजनीतिक भेटवार्ता भने नगर्ने बताइएको छ ।
उहाँको भ्रमण अवधिभर गृह मन्त्रालयले उच्च सुरक्षा दिने तयारी गरेको छ । उहाँले नेपाल बसाइका क्रममा भक्तपुर दुररबार स्क्वायर र पाटनका एैतिहासिक स्थलको भने भ्रमण गर्ने परराष्ट मन्त्रालयले जनाएको छ ।