काठमाडौंमा बर्षा , मनाङमा हिमपात

काठमाडौंमा बर्षा , मनाङमा हिमपात

  • बुधबार, मंसिर २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं २० मंसिर।
मौसम बदलीका कारण काठमाडौं उपत्यकामा आजविहान हल्का पानी परेको छ । मनाङ लगायतका हिमाली जिल्लामा भने हिमपात भएको मौसमविदहरुले बताएका छन् ।

मौसमविद समीर श्रेष्ठले काठमाडौं र ललितपुरमा हल्का पानी परेको जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा भने वर्षा भएको छैन । यस्तै पश्चिम नेपालका धेरैजसो हिमाली बस्तीमा हिउँ परेको श्रेष्ठले बताउनु भयो ।
मनाङ जिल्लामा पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको बेला माथिल्लो क्षेत्रमा हिउँ परे पनि तल्ला बस्तीहरुमा हिउँ परेको भने यस वर्षकै पहिलो हो । मनाङका भ्राका, टंकी लगायत बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् ।

नेस्याङ गाउँपालिकाको अधिकांश ठाउँमा हिउँ परेको छ । सुक्खा जमिनमा हिउँ परेपछि स्थानीयबासी बाली सप्रिने आशले खुसी भएका छन् । सो क्षेत्रमा चिसो पनि अत्याधिक मात्रामा बढेको छ ।

मौसमविद श्रेष्ठका अनुसार अरब सागरको चक्रवातको असरका कारण नेपालमा हिउँ र पानी परेको हो । यसको प्रभाव आजबाट बिस्तारै कम हुँदै गए पनि असर भने अझै केही दिनसम्म कायम रहने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ