मंसिर १९, रुपन्देही ।
दोस्रो चरणको प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनको पूर्व सन्ध्यामा रुपन्देहीको सैनामैना रामपुर उच्च माविको बुथ नजिकै मंगलबार साँझ शक्तिशाली बम विस्फोट भएको छ ।
राती साढे ८ बजे अज्ञात समूहले गराएको उक्त बम बिष्फोटको आवाज ठुलै आएपछि वरपरका स्थानियहरु निकै त्रसित बनेका छन् । विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।
विस्फोटले स्थानीय जनतामा आतंक भने फैलिएको छ । विस्फोट चुनावका विरोधमा सांकेतिक रुपमा गराएको हुन सक्ने स्थानीयले बताएका छन् । रुपन्देहीमा चुनाव घोषणा गरेलगत्तै दर्जनौ स्थानहरुमा अज्ञात समूहले बम विस्फोट गराउदै आएको छ ।
केही दिन अगाडी नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला मन्त्री अब्दुल रज्जाकको गाडीलाई लक्षित गरि देवदहको सिकटहनमा पनि बम प्रहार भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline