निर्देशक मोतीबहादुर कुँवर सहित नलसिङगाडका सबै आरोपीलाइ सफाइ

निर्देशक मोतीबहादुर कुँवर सहित नलसिङगाडका सबै आरोपीलाइ सफाइ

  • मङ्लबार, मंसिर १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

नलसिङगाड जलविद्युत आयोजनाको परामर्शदाता नियुक्तिमा भ्रष्टाचार गरेकाे मुद्दाका आरोपी सबैले सफाइ पाएका छन् । विशेष अदालतले ‘प्रतिवादीहरुले गलत मनसायका साथ आफूलाई फाइदा हुने तथा आयोजनालाई नोक्सान हुने कार्य गरेको नदेखिएकाले आरोप स्थापित हुन नसकेकेा भन्दै नलसिङगाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरलगायतलाइ सफाई दिएकाे हाे

अदालतका रजिष्ट्रार भीमप्रसाद श्रेष्ठले अध्यक्ष बाबुराम रेग्मीसहित सदस्यहरु चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले परामर्शदाता नियुक्तिका क्रममा भ्रष्टाचार प्रयास गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको दाबीलाई अस्वीकार गरेको बताए ।अख्तियारले समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुवरलगायतलाई बोलपत्रको सही मुल्यांकन नगरी आयोजनालाई बढी व्ययभार पारेको आरोप लगाएको थियो ।

कुवरसहित सिनियर डिभिजनल इञ्जिनियरद्वय सूर्यप्रसाद रिजाल र गोकर्णराज पन्थ, लेखा अधिकृत आनन्द चापागाई, कानून अधिकृत राजेशकुमार थापा, स्मेकका प्रतिनिधि उदीपलाल श्रेष्ठले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन् । २७ करोड २४ लाख रुपैयाँ नोक्सान पुर्‍याउने उद्देश्यले भ्रष्टाचार प्रयास गरेको आरोपमा अख्तियारले उनीहरुमाथि १३ करोड ६२ लाख रुपैया विगो र एक वर्ष कैद सजाय मागदावी गर्दै मुद्दा दायर गरेको थियो ।

सम्झौताअनुसार रकम भुक्तान भइनसकेको तर निर्णय गरेकाले भ्रष्टाचार प्रयास भएको अख्तियारको दावी थियो । अख्तियारले ‘भ्रष्टाचारको उद्योग’ गरेको आरोपमा मुद्दा दायर गरेर नौलो अभ्यास थालेको थियो । व्यक्तिविरुद्धको फौजदारी मुद्दामा अपराधको प्रयास गरे मुद्दा दायर गर्ने प्रचलन थियो ।

नलसिङगाड जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका सिलसिलामा प्रस्ताव मूल्यांकनका क्रममा भ्रष्टाचार प्रयास भएको अख्तियारको दावी थियो । प्राविधिक प्रस्ताव मूल्यांकन गर्दा बढी रकम कबुल गर्नेलाई बढी र कम अंक कबुल गर्नेलाई कम अंक दिई भ्रष्टाचार गरेको भन्दै अख्तियारले स्मेक कम्पनीलाई यथार्थभन्दा १ दशमलब २५ अंक बढी दिएको आरोप लगाएको थियो । त्यसैगरी एएफसी–एचसीई–एनईएसएस कम्पनीलाई यथार्थभन्दा १ दशमलब ५६ अंक कम दिएको अख्तियारको दावी थियो । ८२ दशमलब ८३ अंक प्राप्त गर्ने एएफसी–एचसीई–एनईएसएस कम्पनीको प्रस्ताव स्विकृत गर्नुपर्नेमा नलसिङगाडका पदाधिकारीले बदनियतपूर्वक अर्को कम्पनी छनोट गरेको अख्तियारको आरोप थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ