जनशक्तिको अभावमा ट्राफिक व्यवस्थापन समस्यामा

जनशक्तिको अभावमा ट्राफिक व्यवस्थापन समस्यामा

  • मङ्लबार, मंसिर १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

 

काठमाडौँ, १९ मंसिर ।

पर्याप्त जनशक्ति अभावका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।

यही मंसिर २१ गतेको निर्वाचनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत कार्यरत अधिकृतदेखि जवानसम्म खटिएपछि व्यवस्थापनमा समस्या देखिएको हो । प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाका लागि ट्राफिक प्रहरीहरुलाई महाशाखा काठमाडौँ, भक्तपुर, ललितपुर, महोत्तरी, धनुषा, रुपन्देही, नवलपरासी र काभ्रेपलाञ्चोक खटाएपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या परेको हो ।
महाशाखामा रहेका एक हजार ३२२ जनशक्तिमध्ये ९५० जनशक्ति निर्वाचनमा खटिएका छन् । काठमाडौँ उपत्यकामा हाल १० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनाल जनशक्तिको अभावका बीच पनि काठमाडौँको ट्राफिक व्यवस्थापनमा कमी हुन नदिइएको बताउनुहुन्छ । “म आफैँ अफिस जाने आउने व्यस्त समयमा सडकमा खटिरहेको छु,”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ