पत्रकार गिरफ्तारीविरुद्ध सर्वोच्चमा रिट (पूर्ण पाठसहित)

पत्रकार गिरफ्तारीविरुद्ध सर्वोच्चमा रिट (पूर्ण पाठसहित)

  • मङ्लबार, मंसिर १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

१९ मंसिर,काठमाडौँ । पत्रकारलाई विना कारण गिरफ्तार गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गैरकानुनी रुपमा प्रहरीले गिरफ्तार गरेका पत्रकारको रिहाईको माग गर्दै पत्रकार जन्मदेव जैसीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जैसीले रिटमा गिरफ्तार पत्रकारहरुको तत्काल रिहाईको माग गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य समेत रहेका जैसीले सोमबार दायर गरेको रिटमा जलजला मासिकका सम्पादक खेम थपलिया, निहीगु ज्वज्वलोप्पा नेवारी पत्रिकाका सम्पादक जितेन्द्र महर्जन र मध्याह्न दैनिकका संवाददाता दिपेशी शाहीलाई तत्काल रिहाईको माग गरेका छन् ।

बाँकी पाँच जना पत्रकारको रिहाईको माग गर्दै मंगलबार रिट दायर हुँदैछ ।

मंगलबार विहान १० बजे नै सर्वोच्च अदालत परिसरभित्र पुगेका पत्रकार जैसीका अनुसार फरकफरक जिल्लाका पत्रकार गिरफ्तार गरेका कारण अलगअलग फाइल तयार गर्दागर्दै सोमबार ढिला भएको र बाँकी पाँच जनाको रिहाईका मागसहित रिट दायरको तयारी भइरहेको छ ।

सोमबार दायर भएको रिटमा आजै सर्वोच्चमा सुनुवाई हुँदैछ ।

प्रहरीले विना कारण काठमाडौं, कालिकोट,प्युठान,रुपन्देहीबाट ८ जना पत्रकारहरुलाई गिरफ्तार गरी हिरासतमा राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ