नेपाल-भारत सीमा नाका ७२ घण्टका लागि सिल, २१ गते राति १२ बजेपछि मात्रै खुल्ने

नेपाल-भारत सीमा नाका ७२ घण्टका लागि सिल, २१ गते राति १२ बजेपछि मात्रै खुल्ने

  • मङ्लबार, मंसिर १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

१९ मंसिर,विराटनगर ।

नेपाल-भारत सीमाका सबै नाका ७२ घण्टासम्मको लागि सिल गरिएको छ । यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार विहानदेखि नेपाल-भारत सीमासँग सीमा नाका सिल गरिएको हो ।

मोरङमा मात्रै ४२ किलोमिटर लामो सीमा नाका छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार सबै नाका विहानैबाट सिल गरिएको छ ।

सोमबार राति १२ बजेदेखि बन्द गरिएका सबै नाका मंसिर २१ गते राति १२ बजेपछि मात्रै खुल्नेछन् ।

यता ,कपिलवस्तुमा पनि सीमा नाका तीन दिनका लागी बन्द गरिएको छ । बोर्डर सिलका लागि भारतीय अधिकारीसँग समन्वय गरिएको प्रजिअ मदन भुजेलले जानकारी दिए । तीन दिन भारतबाट नेपाल र नेपालबाट भारत पैदल यात्रामा समेत रोक लगाईएको छ । यस्तै सावारी साधानहरु टांगा, साईलक, ट्रक, जीप, ट्याक्टर, कार, बसलाई समेत आवतजावत गर्न निषेध गरिएको प्रजिअ भुजेलले बताए ।

जिल्लाका तीन प्रतिनिधिसभा र छ प्रदेशसभामा निर्वाचन हुँदैछ । जिल्लामा कृष्णनगर, मर्यादपुर चाकरचौडा लगायत गरि एक दर्जन सीमानाका छन । यसैबीच यहाँका २ सय ३३ मतदानस्थल मध्ये एक सय ५३ मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।

निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी गरी पाँच हजार तीन सय ४१ सुरक्षाकर्मी परिचालन हुनेछन् । म्यादी, २ हजार चार सय ७४ नेपाल प्रहरी एक हजार दुई सय सात, सशस्त्र प्रहरी आठ सय १० र नेपाली सेना आठ सय ५० निर्वाचन सुरक्षाको लागि खटिनेछन् ।

मतदानस्थल र केन्द्रमा पहिलो घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् । निर्वाचन स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पेट्रोलिन समेत गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ