माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टको घरमा बम विस्फोट

माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टको घरमा बम विस्फोट

  • मङ्लबार, मंसिर १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

१९ मंसिर,धनगढी । माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टको घर नजिक बम विस्फोट भएको छ ।

कैलालीको गोदावरी नगरपालिका-१ अत्तरिया स्थित भट्टको घरको अगाडी बम विस्फोटको ठूलो अावाज अाएको स्थानीयले बताएका छन् । मंगलबार विहान ५ बजेतिर अज्ञात समूहले गराएको बम विस्फोटमा कुनै क्षति नभएको सुरक्षा स्रोतले बताएको छ ।

माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज समेत रहेका पूर्वमन्त्री भट्टको घरमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको नजिकै बम विस्फोट भएको बताएको छ ।

त्यसैगरी जिल्लाको गौरिगङ्गा नगरपालिकाको मालिका मावि चौमालाको मतदान केन्द्रमा सिलिण्डर बम विस्फोट भएको छ ।

हिजो विहान मात्र धनगढीस्थित प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल बाहिर बम विस्फोट भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ