बर्दियामा उम्मेदवारको घरमा बम विस्फोट

बर्दियामा उम्मेदवारको घरमा बम विस्फोट

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

१८ मंसिर,गुलरिया । जिल्लामा एक जना उम्मेदवारको घरमा बम विस्फोट भएको छ  ।

बर्दियाको निर्वाचन क्षेत्र नम्बर १ का बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार केशव पौडेलको घर नजिक बम विस्फोट गराइएको हो । नयाँ शक्ति नेपाल पार्टीका नेता पौडेलको बासगढीस्थित घरको नाला नजिकै विस्फोट गराइएको बर्दिया प्रहरीले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार बम विस्फोटबाट कुनै मानविय क्षति भएको छैन । दुई जना अज्ञात व्यक्तिहरु बम विस्फोट गराएको बुझिएकोले प्रजिअ भट्टराईले बताए ।

स्थानीय राजु सुवेदीका अनुसार सोमबार साँझ ठूलो विस्फोटको अावाजसँगै बाँसगढीबासी त्रसित बनेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी