प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो : यस्तो छ क्षतिको अवस्था

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो : यस्तो छ क्षतिको अवस्था

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

१८ मंसिर,धनगढी । नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट चढेको गाडी एम्बुसमा परेको छ ।डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भट्ट सवार गाडी सोमबार साँझ ८:३० बजे डडेलधुराको आलिताल गाउँपालिकास्थित मौरीखोलामा अज्ञात समूहले बिछ्याएको एम्बुसमा परेको बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी समेत रहेका नेता भट्ट सकुशल रहेको माओवादी केन्द्र डडेल्धुराले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

एमाले-माकेका साँझा उम्मेदवार भट्ट नेपाली काँग्रेसका सभापति समेत रहेका देउवासँग तेस्रो पटक प्रतिस्पर्धामा उत्रेका छन् ।

यसअघि कांग्रेस सोमबार नै कंचनपुरको बेदकोट नगरपालिकास्थित गैलनदिमा कांग्रेस नेता रमेश लेखकको घरमा बम बिस्फोट भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ