सुनसरी , १८ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी सुनसरीका जिल्ला सदस्य रमेश न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बिरामि रहेका न्यौपानेलाई आज अपरान्ह धरान स्थित घोपा क्याम्पमा उपचार गराए फर्कदै गरेको अवस्थामा पानमारा भन्ने स्थानबाट गिरफ्तार गरेको जनाईएको छ ।
उता नेपाल कम्युनिष्ट पार्टी सुनसरीले न्यौपानेको गिरफ्तारीप्रति घोर भत्सना गर्दै तत्काल रिहा गर्न माग गरेको छ ।
नेकपा सुनसरीका सेक्रेटरी पुष्प कोईरालाले उपचार गराएर फर्कदै गरेको अवस्थामा पार्टीका कार्यकर्ता न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेर वेपत्ता बनाएको भन्दै उहाँको रिहाईको माग गर्नुभएको हो ।
नेपालको इतिहासमा निर्वाचनले कहिल्यै पनि जनताको अधिकार स्थापित नभएको भन्दै उहाँल उल्दै जनता खरिद गरेर आफू मोटाउनकाम भएकाले पार्टीले अहिलेको कथित संसदीय निर्वाचन खारेज गरेको स्पष्ठ पार्दै गिरफ्तारी तथा धरपकडका घटना दोहोर्याउदै लगिए राज्यले यसको ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी पनि दिनुभएको छ ।
उहाँले हालसम्म सुनसरीबाट मात्रै बृद्ध , बिरामि अशक्त तथा पार्टी सदस्य समेत नभएका र पार्टी कार्यकर्ता गरी १४ जनालाई गिरफ्तार गरिएको जानकारी दिदैँ सबैलाई बिनासर्त रिहा गर्न माग गर्नुभएको छ ।