महिला साँझ घरमा ढुक्कका साथ बस्न पाउँदैनन् : यस्तो छ कारण

महिला साँझ घरमा ढुक्कका साथ बस्न पाउँदैनन् : यस्तो छ कारण

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

बैतडी, १८ मंसिर । बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ ।
महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो ।
आफूले स्थानीय तहको चुनावको बेला भोट माग्दा मदिरा बन्द गर्ने आश्वासन दिएको भए पनि समाजमा काम गर्न समस्या भएको उहाँले बताउनुभयो । शिवनाथका महिला रक्सीका कारण निकै पीडत बनेकाले उनीहरूको आवाज सुन्दै मदिरा निषेध गर्न खोज्दा उल्टै गाउँपालिकाको नाममा मुद्दा परेको उहाँ बताउनुहुन्छ ।
“समाजमा राम्रो काम गर्न निकै चुनौती रहेछ,” उहाँले भन्नुभयो– “दिनभरि महिला बारीको काममा व्यस्त भए पनि साँझ घरमा ढुक्कसँग बस्न पाएका छैनन् ।” ग्रामीण भेगका महिलाले आफ्नै घरपरिवारबाट हिंसा खेपिरहेको उहाँले बताउनुभयो ।
सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्द मदिराका कारण महिलाले निकै कष्ट खेपिरहेको बताउनुहुन्छ । मदिराका कारण महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले उनीहरूले नै अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।
“महिला आफैँ मदिरा बन्द गर्न आन्दोलनमा उत्रिएका छन्,” उहाँले भन्नुभयो ।
डिलासैनी, सुर्नयाँ गाउँपालिकालगायत जिल्लाका अन्य स्थानीय तहमा समेत मदिराका कारण महिला हिंसामा परेका छन् । “महिलामाथि हुने हिंसामा अझै कमी आउन सकेको छैन,” दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वर्ती कार्कीले भन्नुभयो । महिलामाथि हुने हिंसामा अझै कमी आउन नसकेको उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार महिलामाथि हुने हिंसा धेरैजसो मिलापत्रमा टुंग्याउने गरिएको छ । आफूमाथि भइरहेको हिंसाका बारेमा अझै पनि महिला खुलेर बोल्न नसक्ने र प्रहरीमा पुगेका मुद्दा पनि अधिकांश मिलापत्रमा टुंगिने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा जिल्लामा महिलामाथि हुने घरेलु हिंसाका ८० भन्दा बढी मुद्दा दर्ता भएको भए पनि सबै मिलापत्रमा टुंगिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरणका लागि परिवारबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ