बुढानिलकण्ठको बम बिस्फोट अपडेट : घाईतेमध्ये २ को अवस्था गम्भिर , गगनका शुभेच्छुकहरुको अस्पतालमा भीड

बुढानिलकण्ठको बम बिस्फोट अपडेट : घाईतेमध्ये २ को अवस्था गम्भिर , गगनका शुभेच्छुकहरुको अस्पतालमा भीड

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौं,मंसिर १८ ।

निर्वाचन नजिकिदै गर्दा राजधानीमा वम विष्फोटका घटना अत्यधिक बढेका छन् । उच्च सुरक्षा रहेको भनिएपनि काठमाण्डौका बिभिन्न स्थानमा बम बिस्फोटका घटना रोकिएका छैनन् ।

आज मध्यान्ह काठमाण्डौको चपली हाइटमा बम बिष्फोटन हुँदा पूर्व मन्त्री तथा काग्रेस उम्मेदवार गगन थापा सहित १० जना घाईते भएका छन् ।

चुनावी घरदैलोमा जादैँ गरेका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका थापालाई लक्षीत गरेर काठमाडौंको बुढानिलकण्ठ, चपलीस्थित भंगाल महादेव कोलनी छेउमा अज्ञात समुहले बम प्रहार गरेको हो ।

घाइते हुनेमा प्रदेश सभाका कांग्रेस उम्मेदवार साधुराम खड्कासहित राजकाजी श्रेष्ठ, जयराम लामिछाने, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, रवीन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा रहेका छन् ।

घाईते मध्ये श्याम कृष्ण श्रेष्ठ र राजकाजी श्रेष्ठको अवस्था गम्भिर रहेको छ । उनीहरु सबैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।

गगन थापाको गर्धन र ढाडमा चोट लागेको छ । थापाले अस्पतालबाट नै आफ्ना मतदाताहरुलाई यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गर्नुभएको छ ।

बम आक्रमण भएलगत्तै त्यसआसमासमा सुरक्षा व्यवस्था कडा बनाएर आक्रमणकारीको खोजी कार्य जारी राखिएको प्रहरीले जनाइएको छ ।

थापाको अवस्थाबारे बुझ्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका शुभेच्छुकहरुले काठमाडौंमै सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ