बेरुजु बढ्दै जाने स्थितिलाई अन्त्य गर्न आवश्यक : राष्ट्रपति

बेरुजु बढ्दै जाने स्थितिलाई अन्त्य गर्न आवश्यक : राष्ट्रपति

महालेखा परीक्षकको कार्यालय भवन शिलान्यास

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, १८ मंसिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एकातर्फ विकास निर्माण विनियोजित बजेट खर्च नहुने अवस्था आउनु अर्काेतर्फ बेरुजु बढ्दै जाने स्थितिलाई अन्त्य गर्न आवश्यक रहेकामा जोड दिनुभएको छ ।

अनामनगरमा निर्माण हुने महालेखा परीक्षकको कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले सरकारी अनुदान प्राप्त संघ, संस्था तथा गैरसरकारी संस्थाका आर्थिक कारोबारलाई पनि चुस्त , दुरुस्त बनाउन सबैको ध्यान जानु जरुरी रहेको बताउनु भयो ।

उहाँले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न महालेखा परीक्षकको कार्यालयले अझ ध्यान दिन आग्रह गर्नुभयो ।

यस्तै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले भवन निर्माणका बारेमा जानकारी दिँदै सार्वजनिक निकायको वर्षेनी बेरुजु बढ्दै जाँदा हाल रु चार अर्ब पुगेको बताउनुभयो ।

आफू महालेखा परीक्षकमा नियुक्ति भएपछि छ वर्षे कार्ययोजना सार्वजनिक गरेको कार्ययोजनाअनुसार कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार गर्दै यस वर्षदेखि स्थानीय निकायको समेत लेखापरीक्षण शुरु भएको जानकारी दिनुभयो ।

लामो समयदेखि बबरमहलमा रहेको सो कार्यालयको ऐतिहासिक भवनलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पु¥याएपछि अनामनगरमा नयाँ भवन निर्माण हुन लागेको हो ।

दश रोपनी १३ आना जमिनमध्ये सात रोपनी जमिनमा अत्याधुनिक साततल्ले भवन बन्नेछ । निजी निर्माण कम्पनी लुम्बिनी, गौरी पार्वती र शान्ति जेवीले आगामी तीन वर्ष्भित्र भवन निर्माण सम्पन्न गरी सक्ने गरी ठेक्का पाएका छन् ।

जमिनमुनि दुई र जमिनमाथि पाँचलले भवन मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु ५४ करोड ३२ लाखमा निर्माण सम्पन्न हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी