पक्षपात रहित भएर पुनःनिर्माणको काम गर्न निर्देशन

पक्षपात रहित भएर पुनःनिर्माणको काम गर्न निर्देशन

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, १८ मंसिर ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले नवनियुक्त प्राविधिकलाई पक्षपातरहित भएर काम गर्न निर्देशन दिनुभएको छ ।

भूकम्प प्रभावित ३१ जिल्लामा आजबाट खटिएका नवनियुक्त इञ्जिनियर तथा सव इञ्जिनियरलाई शपथ गराउँदै उहाँले प्रभावकारी काम गर्न निर्देशन दिनुभयो ।

शपथ समारोहलाई सम्बोधन गर्दै उहाँले भूकम्प प्रभावित जनताको आँशु पुछ्ने जिम्मेवारी दिएको भन्दै कार्य क्षेत्रमा प्रभावकारी काम गर्न नवनियुक्त प्राविधिकलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट लिइएको परीक्षामा उत्तीर्ण भएकामध्ये पहिलो चरणमा ३७४ जना इञ्जिनियर र ३९१ सव इञ्जिनियरले ईश्वर र कुलदेवताको नाममा शपथ लिएका छन् ।

भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटा स्थानीय तहमा परिचालन हुने प्राविधिकले प्रत्येक वडामा निजी आवास पुनःनिर्माणका लागि सहयोग गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ