काठमाडौं, मंसिर १८ । निर्वाचन नजिकिदै गर्दा राजधानीमा वम विष्फोटका घटना अत्यधिक बढेका छन ।
काठमाडौंको प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै बम बिस्फोट भएको छ ।
अत्यधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडी नै अज्ञात समुहले बम राखेको हो ।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
एउटा बम निष्क्रिय पारिएको थियो भने एउटा निष्क्रिय पार्नु अगावै पड्किएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline