काठमाण्डौको चपली हाइटमा बम बिस्फोट , गगन थापा सहित १० घाइते , २ को अवस्था गम्भिर

काठमाण्डौको चपली हाइटमा बम बिस्फोट , गगन थापा सहित १० घाइते , २ को अवस्था गम्भिर

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं,मंसिर १८ ।

काठमाण्डौको नारायणस्थानस्थित चपली हाइटमा बम बिष्फोटन हुँदा पूर्व मन्त्री तथा काग्रेस उम्मेदवार गगन थापा सहित १० जना घाईते भएका छन् ।

काठमाडौं – ४ का कांग्रेस उम्मेदवार रहेका थापालाई लक्षीत गरेर अज्ञात समुहले राखेको बम बिस्फोट हुँदा सहित १० जना घाइते भएका हुन् ।

घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । त्यस मध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएको छ ।

शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा. डा. प्रतापनारायण प्रसादका अनुसार गगन थापालगायत १० जना घाइतेलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । थापाको पिठ्युमा सामान्य चोट लागेको र एक्सरेलगायतका परीक्षण गरिएको उहाँले बताउनु भयो ।

घाइते मध्ये दुई जनलाई गम्भीर र आठ जनालाई सामान्य चोट लागेको जानकारी दिदैँ डा. प्रसादले भन्नुभयो , ’उहाँहरुलाई ब्लाष्ट यञ्जुरी नै हो ।’

थापाका सहयोगी प्रताप पौडेलका अनुसार गम्भीर घाइते दुई जना मध्ये एक जना श्याम कृष्ण श्रेष्ठ रहे पनि अर्को एकजनाको पहिचान खुल्न सकेको छैन ।

नेपाल प्रहरी काठमाडौं परिषरका प्रमुख एसएसपी राजेन्द्र धानुकले गगन थापालाई बमको छर्रा लागेको जनाकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ