प्रधानमन्त्री बसेको होटल नजिकै प्रेशर कुकर बम फेला , सेनाद्धारा निष्कृय

प्रधानमन्त्री बसेको होटल नजिकै प्रेशर कुकर बम फेला , सेनाद्धारा निष्कृय

  • सोमवार, मंसिर १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ १८ मंसिर ।
कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै प्रेशर कुकर बम फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–५ तारानागरस्थित सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको उक्त बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

निर्माणाधीन घर छेउ बोरामा राखेको बालुवामा शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
विगत ३ दिनदेखि धनगढीमा रहनुभएक प्रधानमन्त्री देउवा दिनभरी चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने र बास बस्न धनगढी नै आउने गर्नुभएको छ ।

घटनापछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ