सरकार अपाङ्गको हितका लागि कटिबद्ध छ : बस्नेत

सरकार अपाङ्गको हितका लागि कटिबद्ध छ : बस्नेत

  • आइतवार, मंसिर १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौ १७ मंसिर ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकार अपाङ्गता भएकाहरुको हितका लागि कटिबद्ध रहेको बताउनुभएको छ ।

छब्बिऔँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा आपाङ्ग भएका व्यक्तिको पनि ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

उहाँले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले विवेक पु¥याएर मतदान गर्न सबैलाई आग्रह गर्दै निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने बताउनुभयो ।

यसैबीच आज सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने नाराका साथ २६ औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लु एचओको आह्वानमा सन् १९९२ देखि प्रत्येक वर्ष डिसेम्बर ३ तारीखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

विश्वको कूल जनसंख्यको १५ प्रतिशत मानिसहरुमा कुनै न कुनै रुपमा अपांगता रहेको पाइएको विश्व बैंक र विश्व स्वास्थ्य संगठनले सन् २०११ मा प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।

२०६८ सालको जनगणना अनुसार नेपालको कूल जनसंख्यको एक दशमलव ९४ प्रतिशत अपांगता भएका व्यक्ति रहेका छन् ।

दिवसका अवसरमा शुभाकामना दिैँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्द्धनका लागि क्रमिक रुपमा विभिन्न काम भइरहेको बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूल प्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउदै लैजानु आजको आवश्यकता भएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघीय अपाङ्गता सम्बन्धी महासन्धिमा उल्लिखित अधिकार कार्यान्वयनका लागि नीति तथा कानून निर्माण गरी अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन जरुरी रहेकोमा जोड दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ