तीन दिनदेखि पति भनेर एक पुरुषसँग लजमा बसेकी महिलाको शव फेला , सँगै बस्ने पुरुष पक्राउ

तीन दिनदेखि पति भनेर एक पुरुषसँग लजमा बसेकी महिलाको शव फेला , सँगै बस्ने पुरुष पक्राउ

  • आइतवार, मंसिर १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

मलंगवा, मंसिर १७ । बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं, टोखा बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी सर्लाही सदरमुकाम मलंगवामा रहेको सिम्रिक लजमा मृत भेटिएकी छिन् ।

कल्पना आइतबार बिहान लजको कोठा नं २०५ मा मृत अवस्थामा भेटिएकी हुन् । उनी तीन दिनदेखि सोही लजमा २४ वर्षका एक पुरुषलाई श्रीमान भनेर बस्दै आएकी थिईन् ।

घटनापछि प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । महिलाको मृत्युको कारणबारे प्रहरीले केही खुलाएको छैन ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाको मुद्दा फाँटका इन्सपेक्टर कुन्दन देवले बताए ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ