राजनीतिक विश्लेषक खनाल भन्छन् ‘ शान्तिप्रक्रिया असफल हुनु र प्रचण्डको विचलनले विप्लव शक्तिको उदय भयो’

राजनीतिक विश्लेषक खनाल भन्छन् ‘ शान्तिप्रक्रिया असफल हुनु र प्रचण्डको विचलनले विप्लव शक्तिको उदय भयो’

  • आइतवार, मंसिर १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ । प्राध्यापक एवं विश्लेषक कृष्ण खनालले देशभरिका निर्वाचन बहिष्कारका क्रममा देखिएको शक्ति प्रदर्शनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी देशको निकै ठूलो शक्तिको रुपमा उदाएको बताएका छन् ।

खनालले प्रचण्डको विचलनले विप्लवहरुको जन्म भएको र यसले शान्तिप्रक्रिया असफल हुन पुगेको बताएका छन् ।

कान्तिपुर दैनिकमा उनले यस्तो विचार दिएका हुन् । खनालले विप्लवको पार्टीलाई कुनै पनि मानेमा कम नआक्न सत्तासिन दललाई आग्रह गरेका छन् ।

प्राध्यापक खनालकाे विश्लेषण यस्ताे छ :

बम विस्फोटको घटनालाई दुई किसिमबाट हेर्न सकिन्छ । पहिलो त, यो कुरा अहिलेकोे राजनीतिक / संवैधानिक विकाससँग असहमत हुँदै यसलाई खुला चुनौती दिने विप्लव समूहको संलग्नतमा शंका गर्नु पर्दैन । उ संलग्न छैन भने त्यसको सार्वजनिक पुष्टि गर्नुपथ्र्यो । त्यो समूहलाई जिम्मेवार मान्ने हो भने उसको राजनीतिक आयातन निकै बढेको स्वीकार गर्नुपर्ने हुन्छ ।

त्यो भनेको शान्ति प्रक्रिया असफल भएछ भनेर मान्नुपर्ने हुन्छ । माओवादी केन्द्रले आफ्नो र सांगठनिक पकड पुरै गुमाएछ भनेर बुभm्नु पर्ने हुन्छ । सशस्त्र विद्रोहका क्रममा उसले हिजो प्रयोग गरेका औजार, अपनाएका प्रविधि र प्रशिक्षित गरेका जमात आज उसको पकडबाट बाहिरिएछन् र राजनीतिक वा अपराधिक जुनसुकै प्रयोजनका लागि उपलब्ध छन् भनेर बुझ्नुपर्ने हुन्छ ।

चुनावपछि माओवादी केन्द्र एमालेमा विलय होला तर सशस्त्र विद्रोहको उसको विरासत नयाँ संगठित राजनीतिक चुनौतीका रुपमा पुनरुत्थान हुन थालेको संकेत दिन्छ । जसरी हिजो देशीविदेशी शक्तिले माओवादीको उपयोग गरे र माओवादीले पनि उपयोग गरे, त्यही अवस्था फेरि पनि नबन्ला भनेर ढुक्क हुने स्थिति रहेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ