यी हुन् गौचन हत्याका मुख्य योजनाकार बस्नेत:हत्याका ४ कारण घैटेदेखि ठेक्का सम्म

यी हुन् गौचन हत्याका मुख्य योजनाकार बस्नेत:हत्याका ४ कारण घैटेदेखि ठेक्का सम्म

  • आइतवार, मंसिर १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं ,मंसिर १७ ।
निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका १३ वाफल स्थायी घर भएका २८ वर्षीय समीर मानसिंह बस्नेतलाई सीआईबीले आज नै सार्वजनिक गरेको छ । बस्नेत भूपु प्रहरीका छोरा हुन् । उनी लामो समयदेखि गैरकानुनी गतिविधिमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बस्नेतले विरगञ्ज देखि विराटनगर जोड्ने हुलाकी मार्गको ढेक्का कमिसन वापत दुई प्रतिशत माग गरेको रकममा गौचनले वेवास्था गरेको कारण हत्या गरेको प्रहरीले जनाएको छ ।

गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता मृतक कुमार घैटेमार्फत २ करोड ५० लाख समेत डाँफे कन्स्ट्रक्सनको शेयर रकम बापत गौचनसँग लिई सकेको प्रहरीले जनाएको छ ।

उक्त रकममा १ करोड बस्न्यातको भएको र घैटेको मुत्युपछि उक्त रकम फिर्ता गर्न भनेपछि बस्न्यात र गौचनको विवाद उत्कर्षमा पुगेको समेत जनाएको छ ।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो ।
हाल उक्त हत्या काण्डमा बस्न्यात सहित ८ जना पक्राउ परिसकेको छ भने ७ जना अझै फरार रहेको छ । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरेको थियो ।

प्रहरीले दिएका चार प्रमुख कारण यस्ता छन् :

कारण नम्बर १

प्रारम्भिक अनुसन्धानको क्रममा शरद कुमार गौचनले संचालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखि कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता कुमार श्रेष्ठ (घैटै) मार्फत् रु २ करोड ५० लाख लिएको

कारण नम्बर २

लिएको उक्त रकममध्ये समिरमान सिंह बस्नेतको भागमा १ करोड रुपैयाँ रहेको

कारण नम्बर ३

घैटेको मृत्युपछि सबै रकम बराबरको डाँफे कन्स्ट्रक्सनमा सेयर वा रकम फिर्ता दिन बस्नेतले पटक पटक माग गरेको तर फिर्ता नहुँदा विवाद भएको

कारण नम्बर ४

वीरगंजदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन वापत २ प्रतिशत रकम माग्दा वेवास्ता गरेको

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ