मतदान केन्द्रमा १ लाख ५५ हजार कर्मचारी खटिए

मतदान केन्द्रमा १ लाख ५५ हजार कर्मचारी खटिए

  • आइतवार, मंसिर १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ १७ मंसिर ।
दोस्रो चरण अन्तरगत आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएको छ ।

परिचालित कर्मचारी भोलीसम्ममा सबै मतदान केन्द्रमा पुगिसक्ने छन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हिजै सामाग्री बुझेका उनीहरु भोलीसम्म मतदान केन्द्र पुगिसक्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

हरेक मतदान केन्द्रमा खटिने कर्मचारीले स्थानीय राजनीतिक दलसँग छलफल, मतदान केन्द्र निर्माण, मतदाता परिचयपत्र वितरण तथा मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने ढकालले बताउनु भयो ।

आयोगका अनुसार पर्सी मंगलबार विहानसम्म दोश्रो चरणमा निर्वाचन हुने सबै जिल्लामा मतदान केन्द्र स्थापना भइसक्नेछ । दोस्रो चरणमा पहाडि र तराईका गरी ४५ वटा जिल्लामा निर्वाचन हुदैछ ।

मतदान केन्द्रमा खटिने कर्मचारीले मंगलबार र बुधबार मतदान केन्द्रबाटै मतदाता परिचयपत्र वितरण गर्नुका साथै निर्वाचनसँग सम्बन्धित अन्य कामहरु सञ्चालन गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ