देशका बिभिन्न स्थानमा बम बिस्फोट, मतदातामा त्रास

देशका बिभिन्न स्थानमा बम बिस्फोट, मतदातामा त्रास

  • शनिबार, मंसिर १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

तेह्रथुम, मंसिर १६ ।
दोस्रो चरणको प्रदेश तथा प्रतिनिध सभा निर्वाचन आउँन केहि दिन मात्रै बाकीँ रहदा उम्मेदवार लक्षीत आक्रमण तथा बम बिस्फोटका घटनामा बृद्धि भएको छ ।

विभिन्न दलका नेता तथा कार्यकता साथै चुनावि सभा लक्षित गरी वम विस्फोट भैरहेको छ ।

यसैक्रममा तेह्रथुममा उम्मेदवार चढेको गाडी लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको छ ।

शुक्रबारे बजारमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले नेता विजय सुव्बा, माओवादी नेतृ सुशिला कन्दङवालगायत नेता चढेको गाडीमा बम विस्फोट गराइएको हो ।

छथर गाउँपालिका–१, आङ्दिममा गराइएको विस्फोटबाट मे १ ज २०२ नम्वरको ल्याण्डरोभर गाडीमा क्षति पुगेकोे छ ।
विस्फोटबाट नेता तथा कार्यकर्ता भने सकुशल रहेको प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिनुभएको छ । बम राख्नेको पहिचान हुन नसकेको र खोजी भइरहेको प्रहरी बताएको छ ।

उता, सल्यानमा भेटिएको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

प्रदेश सभा २ क अन्तर्गत शारदा नगरपालिका वडा नं. १ श्रीनगरमा प्रतिनिधि सभाको उम्मेदवार बसेको क्वार्टर नजिकै बन्दै गरेको घरमा बम फेला परेको थियो । अज्ञात समूहले राखेको बमलाई १६ घण्टापछि डिस्पोज गराइएको हो ।
यस्तै
ललितपुर महानगरपालीकाको चापागाउँको प्याङगाउँमा बम विष्फोट भएको छ । नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई लक्षित गरेर प्रेसर कुकर बम विष्फोट भएको हो ।

विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । ललितपुरमा पछिल्लो २४ घन्टामा बम विस्फोट भएको यो दोश्रो पल्ट हो । हिजो बेलुकी पनि ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा बम विस्फोट भएको थियो ।
उता ,नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ प्रदेश सभा सदस्य उम्मेदवार प्रदिप पौडेलको घरमा आज बिहान बम बिस्फोट भएको छ ।

बिहान करिब पौने ६ बजे शुक्ला गण्डकी नगरपालिका– ८ गणपतेस्थित पौडेलको घरको आँगनमा बम बिस्फोट गराइएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । घटनास्थलमा प्लास्टिक, कागज र फलामका टुक्रा भेटिएको थियो ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका–४ माउण्ट सिनाई ईङ्गलिस स्कूल पछाडि विस्फोटम पदार्थ भेटिएको छ । स्कूल पछाडि पाखोमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले डिस्फोज गरेको हो ।

आज बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको त्यो पाखोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चारघण्टाको प्रयासपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्फोज गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ