धरान , १६ मंसिर ।
सुनसरीको धरान उपमहानगरपालीकाबाट प्रहरीले दुई जनालाई मध्यराति गिरफ्तार गरेको छ ।
आज राति पौने एक बजे तीर धरानको देउरालिबाट भीम बिश्वकर्मा र पूर्ण बिश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको हो ।
डिएसपि रामेश्वर पौडेलको नेतृत्वमा गएको प्रहरीको टोलीले उनीहरु दुबै जनालाई घरमा सुतिरहेको बेला गिरफ्तार गरेको हो ।
भीम नेपाल कम्युनिष्ट पार्टीको धरानका जनसत्ता प्रमुख हुन् भने पूर्ण पार्टी समर्थक भएको जनाईएको छ ।
निर्वाचन बिरोधी गतिबिधि गर्ने आशंकामा उनीहरुलाई गिरफ्तार गरिएको डिएसपि पौडेलले बताउनु भयो ।धरानबाट हासम्म ४ जना गिरफ्तारमा परिसकेका छन् । यसअघि प्रहरीले जसकुमार राई र सूर्य राईलाई धरानबाट नै गिरफ्तार गरेको थियो ।
यसैबीच , शान्तिपूर्ण राजनितिक गतिबिधिमा रहेका नेता कार्यकर्तामाथि मध्यरातमा धरपकड र गिरफ्तार गरेको प्रति नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आप्पती जनाएको छ ।
मध्यरातमा कार्यकर्ता तथा समर्थक सुभचिन्तकका घर घरमा छिरेर मानसिक यादना दिने तथा गिरफ्तार गर्ने कार्य गरेको भन्दै त्यस्तो कार्य बन्द गरी गिरफ्तार परेका सबैको बिना सर्त तत्काल रिहा गर्न पनि माग गरेको छ ।