कांग्रेस उम्मेदवार प्रदिप पौडेलको घरमा विस्फोट,कैलालीमा सिलिन्डर बम पड्कीयाे

कांग्रेस उम्मेदवार प्रदिप पौडेलको घरमा विस्फोट,कैलालीमा सिलिन्डर बम पड्कीयाे

  • शनिबार, मंसिर १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

तनहुँ, मंसिर १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ प्रदेश सभा ‘क’ तर्फका उम्मेदवार प्रदिप पौडेलको घरमा बम बिस्फोट भएको छ ।

शुक्ला गण्डकी नगरपालिका– ८ गणपतेस्थित उनको घरको आँगनमा बम बिस्फोट गराइएको छ । बम अाज (शनिबार) बिहान् पाैने ६ बजे विस्फोट भएको हो ।

विस्फोटबाट मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

घटनास्थलमा प्लास्टिक, कागज र फलामका टुक्रा भेटिएको प्रहरीले जनाएको छ । पौडेलको घरमा उनकी फूपू बस्दै आएकी थिइन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति किसान गुरुङले कांग्रेसको पक्षमा जनलहर उर्लेको देखेर केही तत्वहरुले सुनियोजित ढंगबाट तर्साउन विस्फोट गराएको आरोप लगाए ।

घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै ,कैलालीको टिकापुर–१ समितिपुरमा सिलिन्डर बम विस्फोट गराएको छ ।ठूलो आवाजमा विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

टिकापुर प्रहरीले विस्फोटमा संलग्नको खोजी हुनका साथै अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ