काठमाडौं, १६ मंसिर ।
दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने ४५ जिल्लामा सार्वजनिक बिदाको दिन पनि वाणिज्य बैंकहरु खुल्ने भएका छन् ।
आज शनिबार र उद्यौली पर्व परेको दिन भोली सार्वजनिक बिदाको दिन पनि वाणिज्य बैंकहरु खुल्ने नेपाल बैंक एशोसियशनले जनाएको छ ।
निर्वाचनका समय बैंकहरु बन्द भई कारोबारमा असर पर्ने भएकाले सर्वसाधारणलाई सहज बनाउन सार्वजनिक बिदाको दिन कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि आज र भोली बैंक खुल्ने भएको हो ।
निर्वाचनका क्रममा खटिने कर्मचारीलाई तलब भत्ता वितरण गर्नुका साथै सर्वसाधारणमा पैसाको अभाव हुन नदिन बैंकको आवश्यकता भएकाले वित्तीय संस्थालाई कारोबार गर्न निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline